Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


अविरल बर्षाका कारण इटहरी बजार डुवानमा (भिडियो)


0
Shares

सुनसरी, असार ७ । सोमबार रातीदेखी परेको अविरल बर्षाका कारण सुनसरीको इटहरी बजार डुवानमा परेको छ । स्थानीय टेग्रा खोला इटहरी ८ स्थित बस्तीमा पस्दा घरहरु डुवानमा परेका हुन ।

टेग्रांखोलामा आएको बाढीले इटहरीको साथी पेट्रोल पम्प नजिकबाट बाँध भत्काएर बस्तीमा प्रवेश गरेको हो ।

बाढीका कारण दुई जनाको मृत्यु भएको छ । घर अगाडीको पैनीमा डुवेर इटहरी ४ का ६६ बर्षिय राम बहादुर बराईली र इटहरी २२ लविपुरमा गाउँ डुवाएको हेर्न घरको छतमा चढेका ५० बर्षिय भानुभक्त तिम्सिनाको करेण्ट लागेर ज्यान गएको हो ।

इटहरी उप–महानगरपालिका घोषणा भए पनि यहाँको खोला र ढल निकासको उचित व्यवस्थापन नहुँदा हरेक बर्ष इटहरी जलमग्न हुने गरेको छ ।

अहिले अविरल बर्षाका कारण इटहरीका १, ७, ८ र ९ नंम्बर वडामा बाढी पसेर करिब ६ सय बढी घरहरु डुबानमा परेका छन ।

इटहरी ८ को बाँध निर्माणका लागि नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले बालुवा बोरामा हालेर बाँध बनाउने काम गरिरहेका छन् ।