Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


अफगानिस्तानमा कति छन् नेपाली ?


0
Shares

काठमाडौं, असार ७ । अफगानिस्तानमा हाल वैधानिक ३ हजार ३२३ नेपाली कामदार कार्यरत् छन् ।

ती कामदार सुरक्षा गार्डकारुपमा श्रम स्वीकृति लिएर संस्थागतरुपमा विभिन्न वैदेशिक रोजगार संस्थामार्फत् अफगानिस्तान गएका वैदेशिक रोजगार विभागका महानिर्देशक शत्रुघ्नप्रसाद पुडासैनीले बताए ।

तीबाहेक कतिपय नेपाली व्यक्तिगतरुपमा भारत, पाकिस्तानलगायत मुलुक हुँदै गएको हुनसक्ने बताउँदै उनले त्यसको तथ्यांक भने विभागसँग नभएको जानकारी दिए ।

अवैधानिकरुपमा अफगानिस्तान गएका नेपालीको संख्या यकिन नभएपनि त्यो संख्या धेरै हुनसक्ने अनुमान गरिएको छ ।

अफगानिस्तान गएका नेपालीमध्ये कतिपय नेपाल आएर पुनः गएको हुनसक्ने र त्यो संख्या बढेको देखिने बताउँदै उनले वैधानिकरुपमा हालसम्म गएका नेपालीको संख्या करिब आठ हजार भएको जानकारी दिए ।

विभागले हालसम्म व्यक्तिगत तवरमा कुनैपनि नेपालीलाई काम गर्नका लागि अफगानिस्तान जान स्वीकृति दिएको छैन ।

त्यहाँको सरकारको मागअनुसार विभागले विशेष गरी संयुक्त राष्ट्रसंघीय एजेन्सी र त्यहाँस्थित कूटनीतिक निकायमा सुरक्षा गार्डकारुपमा पूर्वसैनिक एवं प्रहरीलाई स्वीकृति दिँदै आएको छ । रासस