Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


भूकम्पमा छोरा र छोरी, काबुल आक्रमणमा मारिए मधुसुदन


0
Shares

नुवाकोट, असार ७ । अफगानिस्तानको काबुलमा सोमबार भएको आत्मघाती आक्रमणमा मारिनेमा तीनजना नुवाकोटका नेपाली नागरिक छन् ।

आत्मघाती विस्फोटमा नुवाकोट कल्याणपुर गाविस–१ अजिंगरेका मधुसुदन कोइराला, डम्बरबहादुर तामाङ र लीलबहादुर गुरुङको मृत्यु भएको हो ।

कोइरालाको मृत्यु भएको उनको परिवारले पुष्टि गरेको छ । बाँकी दुईजनाको ठेगाना अझै पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

कोइरालाले गत वैशाख १२ को भूकम्पमा छोरा शिशिर र छोरी स्वस्तिकालाई गुमाएका थिए ।

कोइराला श्रीमती र तीन छोरीकासाथ काठमाडौंको लोलाङ हाइटमा बस्दै आएका थिए ।

एक महिनाअघिमात्र बिदा मनाएर अफगानिस्तान फर्किएका कोइराला तीन वर्षदेखि त्यहाँको क्यानेडियन दूतावासमा कार्यरत् थिए ।