Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


अनलाइन निर्देशिकाः सशक्त प्रतिरोध गर्ने पत्रकार महासंघको चेतावनी


0
Shares

काठमाडौं, असार ७ । नेपाल पत्रकार महासंघले सरकारले जारी गरेको अनलाइन सन्चारमाध्यम निर्देशिकाका कतिपय प्रावधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविपरित भएको भन्दै विरोध जनाएको छ ।

महासंघले निर्देशिकामा रहेका स्वतन्त्र पत्रकारिताको स्थापित मान्यताविपरीतका प्रावधान हटाउन सरकारको ध्यानाकर्षण पनि गराएको छ ।

महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको नेतृत्वको टोलीले मंगलबार सन्चारमन्त्री शेरधन राईलाई भेटेर संविधानले प्रत्याभूत गरेका विषयकोसमेत विपरीत हुने गरी निर्देशिकामा राखिएका अनलाइन अवरुद्ध गर्न सकिनेलगायतका प्रावधान हटाउन माग गरेको हो ।

महासंघले स्वनियमनकारी निकायबाटमात्र सन्चारमाध्यमको अनुगमन हुनसक्ने भन्दै स्वतन्त्र पे्रसमाथि हुने नियन्त्रणका कुनैपनि प्रयास स्वीकार्य नहुने र त्यसको सशक्त प्रतिरोध गर्ने पनि स्पस्ट पारको छ ।

महासंघको ज्ञापनपत्र बुझ्दै सन्चारमन्त्री राईले अनुपयुक्त लागेका कतिपय प्रावधान सरोकारवालाहरुसँगको छलफलपछि सच्चाउन तयार रहेको बताए ।

उनले त्यसका लागि प्रेस काउन्सिल, नेपाल पत्रकार महासंघ र अनलाइन पत्रकार संघका अध्यक्षको समिति बनाइ त्यसको सुझावका आधारमा निर्देशिकालाई सुधार गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।