Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


सडक हिलाम्मे बनेपछि यात्रुलाई सास्ती


0
Shares

तेह्रथुम, असार ८ । तेह्रथुमको सदरमुकाम म्याङलुङ जोडिने जिल्लाकै एकमात्र वसन्तपुर–म्याङलुङ सडकखन्डमा कालोपत्रे उप्किएर हिलाम्मे भएपछि यात्रुलाई सास्ती भएको छ ।

केही वर्षअघिमात्र कालोपत्रे गरिएको सडक कच्चीजस्तै भैसकेको छ । सडक कालोपत्रे भएपछि वर्षेनि मर्मत–सम्भारमा करोडौं खर्चिए पनि प्रभावकारी काम नहुँदा सडकको स्तरोन्नति हुन नसकेको हो ।

पूर्वका झापा, मोरङ, सुनसरी र धनकुटासँग जिल्लाको सदरमुकामलाई जोड्ने तथा जिल्लाकै विभिन्न गाउँलाई सदरमुकामसँग जोड्ने यो सडक भत्किएपछि यात्रा गर्न समस्या भएको गुनासो यात्रुहरुको छ ।

खाल्डाखुल्टी र हिलाम्मे भएर सडक लथालिंग भएपछि २६ किलोमिटर दुरीको बसन्तपुर पुग्नै तीन घन्टा लाग्ने यात्रु बताउँछन् ।