Logo २ पुस २०८२, बुधबार | Thu Dec 18 2025


सूर्यविनायकमा बन्ने भयो ‘एसियाकै नमुना’ प्राणी उद्यान, भक्तपुर विश्वकै नमुना बन्छ : प्रधानमन्त्री


0
Shares

जयराम बास्तोला (इमेज)
भक्तपुर, असार ९ । भक्तपुरको सूर्यविनायक क्षेत्रका ७ ओटा सामुदायिक वनमा बनाउन लागिएको राष्ट्रिय प्राणी उद्यानको विहीबार शिलान्यास भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमकाबीच राष्ट्रिय प्राणी उद्यानको शिलान्यास गरेका हुन् ।

२०६१ सालमा प्रस्ताव गरिएको प्राणी उद्यान २४५ हेक्टर जमिनमा फैलने छ ।

एसियाकै नमुना बनाउने भनिएको प्राणी उद्यानमा सूर्यविनायक र अनन्तलिंगेश्वर नगरपालिकाका ७ ओटा सामुदायिक वन क्षेत्र पर्दछन् ।

उद्यानको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भक्तपुर विश्वकै नमुना जिल्ला भएको र राष्ट्रिय प्राणी उद्यान निर्माणपछि भक्तपुर विश्वकै नमुना बन्ने दाबी गरे ।

प्रधानमन्त्री ओलीले स्थानीयका समस्यालाई मध्येनजर गर्दै प्राणी उद्यान निर्माण गर्दा वातावरणीय र पर्यावरणीय पक्षलाईसमेत ध्यान दिन सरोकारवालाहरुलाई सुझाव दिए ।

कार्यक्रममा वनमन्त्री अग्निप्रसाद सापकोटाले प्राणी उद्यान निर्माणको काम छिटो सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

यस्तै, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्राणी उद्यान बन्नु सकारात्मक भएपनि स्थानीयका सरोकारलाई पनि ध्यान दिनुपर्नेमा जोड दिए ।