काठमाडौं, असार ९ । समतामूलक समाज, दिगो विकास तथा लैंगिक न्यायका लागि एकल महिलाहरुलाई अगाडि बढाऔं’ भन्ने आह्वानकासाथ अन्तर्राष्ट्रिय एकल महिला दिवस विहीबार नेपालमा पनि विभिन्न कार्यक्रममा गरी मनाइएको छ ।
मानवअधिकारका लागि महिला र एकल महिला समूहको सयुंक्त आयोजनामा राजधानीमा भएको एक कार्यक्रममा एकल महिलालाई हिंसारहित र सम्मानित जीवन जीउने वातावरण बनाउनुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा सहभागीहरुले अझैपनि एकल महिला पछाडिपरेको बताएका थिए ।
कार्यक्रममा २४ जना एकल महिलालाई उपप्रधान एवं महिला बालबालिका तथा समाजकल्याणमन्त्री सीपी मैनालीले सम्मान गरेका थिए ।
संयुक्त राष्ट्रसघंले सन् २०११ मा प्रत्येक वर्ष जुन २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसकोरुपमा मनाउने घोषण गरेको थियो ।
त्यसयता नेपालमा पनि प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरी एकल महिला दिवस मनाउने गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्