गृष्मा राजभण्डारी/उत्तम मानन्धर (इमेज)
काठमाडौं, असार ९ । यही असार ६ गते अफगानिस्तानको विस्फोटमा १२ नेपाली मारिएपछि मृतकका परिवारजनमा शव कसरी ल्याइन्छ भन्ने अन्यौल थियो ।
तर, त्यो अन्यौललाई चिर्दै सरकारले नेपाल वायुसेवाको निगमको विमान पठायो र नेपालीको शव स्वदेश ल्यायो । सँगसँगै स्वदेश फर्कन चाहने २४ नेपाली पनि नेपाल आए ।
यसरी नेपाल फर्किएकाहरुले सरकारको कदमप्रति खुसी व्यक्त गरेका छन् र ज्यानकै जोखिम मोलेर अफगानिस्तानमा काम नगर्न सबैमा आग्रह पनि गरेका छन् ।
सरकारले अफगानिस्तान पठाएको नेपाल वायुसेवा निगमकै विमानबाट स्वदेश फर्किएकामध्ये एक हुन्, गोरखा बोर्लाङ–८ का नवराज खड्का ।
उनी सरकारले विमान पठाएर आफूहरुलाईसमेत स्वदेश फर्काउन खेलेको भूमिकाप्रति खुसी छन् ।
पाँच वर्षअघि द्धन्द्धग्रस्तमुलुक अफगानिस्तान पसेका उनी घटनाका बेला काबुलस्थित क्यानेडियन दूतावासमा ड्युटीमा थिए ।
आफ्ना साथीभाइ ड्युटीको सिफ्ट परिवर्तन गर्न आउनेक्रममा विस्फोटमा परेका खबर पाउनासाथ स्तब्ध भएको र आफ्नो ज्यान पनि खतरामा पर्यो भन्ने आभास भएको बताउँछन् खड्का । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्)





प्रतिक्रिया दिनुहोस्