सिन्धुली, असार १० । संरक्षण र प्रचारप्रसारको अभावमा सिन्धुलीको प्रसिद्ध धार्मिक शक्तिपीठ भद्रकालीमाई ओझेलमा परेको छ ।
बनेपा–सिन्धुली–बर्दिवास सडकनजिक रहेको शक्तिपीठ भद्रकालीमाईको मन्दिर संरक्षण र जीर्णोद्धार नहुँदा जीर्ण बन्दै गएको हो ।
सिन्धुलीमाडीबाट १६ किलोमिटर उत्तर–पश्चिममा अवस्थित भद्रकालीमाई मन्दिर क्षेत्रलाई पर्यटकीय स्थल बनाउन स्थानीय निकायले पहल नगरेको आरोप सरोकारवालाहरुले लगाएका छन् । भद्रकालीमाईको दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास रही आएको छ ।
भद्रकालीमाईको दर्शन गर्न सर्लाही, महोत्तरी, धनुषा, रौतहट, बारा, पर्सा, सिराहालगायतका सर्वसाधारणसमेत आउने गर्दछन् ।





प्रतिक्रिया दिनुहोस्