काठमाडौं, असार १० । अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणमा गम्भीर घाइते भई उपचारका क्रममा निधन भएका च्याङ्वा तामाङको शव नेपाल ल्याइएको छ ।
च्याङ्वाको शव शुक्रबार बिहान काठमाडौं ल्याइएको हो । सोमबार काबुलमा तालिवानले गरेको आत्मघाती आक्रमणमा घाइते भएका नुवाकोटका च्याङ्वाको उपचारका क्रममा निधन भएको थियो ।
आतंकवादी आक्रमणमा च्याङ्वासहित १३ नेपालीको मृत्यु भएको थियो भने सातजना घाइते भएका थिए ।
अन्य मृतकको शव बुधबार नै काठमाडौं ल्याइएको छ । घाइते पाँच जनाको भारतमा उपचार भइरहेको छ ।





प्रतिक्रिया दिनुहोस्