२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


एक ट्रक गाई–गोरु नियन्त्रणमा


0
Shares

धादिङ, वैशाख १८ । धादिङको गजुरीस्थित इलाका प्रहरी कार्यालयले बुधबार अवैधरुपमा भारत लग्दै गरेको एक ट्रक गाई नियन्त्रणमा लिएको छ ।

थाक्रे गाउँपालिकाबाट नियन्त्रणमा लिएको ट्रकमा ११ ओटा गाई र एउटा गोरु रहेको प्रहरीले जनाएको छ ।

ती गाईगोरुको ‘क्वारेन्टाइन’ नगरिएको र के प्रयोजनका लागि भारत लैजान लागिएको हो भन्ने नखुलेको पनि प्रहरीले जनाएको छ ।

दैनिकरुपमा गाईगोरु भारत पुर्‍याउने गरिएको गुनासो बढेपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

नेपालमा गाईगोरु पाल्नबाहेक अन्य प्रयोजनका लागि ढुवानी गर्न नपाउने कानुनी व्यवस्था रहेको छ ।