Logo ३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026


ओली सरकारमाथि कांग्रेस नेता डा. महतको गम्भीर आरोप


0
Shares

भक्तपुर, असार १० । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले वर्तमान सरकारले भूकम्प पीडितका नाममा राहत उपलब्ध गराउनेभन्दा पनि कार्यकर्ता पोस्न लागेको आरोप लगाए ।

भक्तपुरमा रफत सञ्चार क्लबले गरेको साक्षात्कारमा उनले पुनर्निर्माण प्राधिकरणले कुनै काम नगरेको र सरकार आफ्ना कार्यकर्ता भरण पोषणका लागि लागेको आरोप लगाएका हुन् ।

भूकम्प पीडितलाई जेठसम्म छानो उपलब्ध गराउने प्रधानमन्त्रीको भनाइ फगत मनोरञ्जन जस्तोमात्र बनेको उनको टिप्पणी थियो । भूकम्प पीडितका लागि बासको बन्दोबस्त गर्ने सुनिश्चितता सरकारले संसदमा पेश नगर्दासम्म कांग्रेसले संसद अवरुद्ध गर्ने र पीडितका पक्षमा उभिने उनको भनाइ थियो ।