Logo २५ भाद्र २०८२, बुधबार | Thu Sep 11 2025


जापानमा ‘यलम्बर म्यूजिक सो’को भब्य तयारी


0
Shares

काठमाडौं, असार ११ । नेपाली कलाकारहरु स्वेदेश भन्दा विदेशमा भएका कार्यक्रममा धेरै रमाउने गर्छन् । आम्दानी र सम्मान विदेशमा नेपालीहरुले आयोजनागर्ने कार्यक्रममा राम्रो हुने भएकाले नेपाली ‘स्टार’कलाकारहरुको माग विदेशमा बढी छ ।

जापानमा यस्तै एउटा बृहत कार्यक्रमको भब्य तयारी भइरहेको छ । यायोक्खा जापान शाखाको आयोजनामा जापानका दुई स्थानमा ‘यलम्बर म्यूजिक सो–२०१६’ हुने भएको छ । अगष्ट १३ मा टोकियो र १५ मा नागोयामा कार्यक्रमको तयारी भइरहेको छ ।

दुवै स्थानमा हुने कार्यक्रममा नेपालबाट गएका ‘स्टार’कलाकारहरुले बृहत प्रस्तुती दिने भएका छन् । नेपाली कला संस्कृती तथा राई जातिको भाषा–संस्कृतीको प्रचार गर्ने उदेश्यले कार्यक्रम आयोजना हुन लागेको हो ।

गायक राजेशपायल राई, कलाकार दयाहाङ राई, हाँस्य कलाकार विल्सनविक्रम राई ‘तक्मेबुढा’, मोडल माला लिम्बु साथै नायिका तथा नृत्यङगना रमा लिम्बुले बृहत प्रस्तुती दिने नागोयामा हुने कार्यक्रमका प्रचार–प्रसार संयोजक सिताराम राईले जानकारी दिए ।

कार्यक्रमको तयारी टोकियो र नागोयामा आ–आफ्नै तरिकाले भइरहेको छ । उक्त म्यूजिक सो मा नेपालीहरुको बृहत सहभागिता हुने तथा यतिबेला प्रचार प्रसार र टीकट विक्रीको काम सुरु भएको संयोजक राईले जानकारी दिए ।