Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


शैक्षिकसत्र सुरु भएको तीन महिनामा पनि विद्यार्थीको हात रित्तै (भिडियो)


0
Shares

जितेन्द्र भण्डारी (इमेज)
पाँचथर, असार ११ । सरकारले प्रत्येक वर्ष सबै ठाउँमा समयमै पाठ्यपुस्तक पुर्‍याउने बताएपनि त्यो कुरामामात्रै सीमित हुने गरेको छ ।

शैक्षिकसत्र सुरु भएको तीन महिना बित्न लाग्दासमेत यो वर्ष पनि पाँचथरलगायत सुदूरपूर्वी पहाडी जिल्लामा पाठ्यपुस्तक पुग्न सकेको छैन ।

शैक्षिकसत्र सुरु भएको तीन महिना बित्न लागिसकेको छ । तर, पनि पाँचथरसहित पूर्वी पहाडी जिल्लाका विद्यार्थीको हातमा अहिलेसम्म पाठ्यपुस्तक पर्न सकेको छैन ।

सरकारले प्रत्येक वर्ष जिल्ला–जिल्लामा समयमै पाठ्यपुस्तक पुर्‍याउने बताउँदै आएपनि यी जिल्लाका विद्यार्थीहरुको हात अझै रित्तै छ ।

पूर्वी भेगमा सन्चालित अधिकांश विद्यालयमा पाठ्यपुस्तक नपुग्दा बिद्यार्थी बिनापाठ्यपुस्तक अध्ययन गर्न बाध्य छन् ।

असार १५ देखि पहिलो त्रैमासिक परीक्षा हुने निश्चित भइसक्दासम्म कक्षा ६, ७ र ९ का पाठ्पुस्तक उपलब्ध हुन नसकेको फिदिम उच्च माध्यमिक विद्यालयका प्राचार्य दुर्गाराज खत्री बताउँछन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।