Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


राष्ट्रिय गौरवका आयोजना सुरु भएपछि खेतीयोग्य जमिन खण्डित


0
Shares

बारा, असार १३ । बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौ निजगढ दु्रतमार्ग, सिमरा विशेष आर्थिक क्षेत्र जस्ता राष्ट्रिय गौरवका आयोजना सुरु भएसँगै सिमराका खेतीयोग्य उर्बर जमिन धमाधम खण्डित हुन थालेका छन ।

योजनाको चर्चा सुरु भए लगतै केहि बर्षअघि देखि ठूला जग्गा दलालहरुले ब्यवस्थित बस्ती बसाल्ने नाममा जिल्लाका विभिन्न क्षेत्रमा सयौं बिगाह खेतीयोग्य उब्जाउ जमीन प्लटिङ गरी धमाधम बैक तथा वित्तीय संस्थाबाट सरल फाईनान्स गराई बिक्री गर्न थालेको छन् ।

६ महिना यता करिब ५ हजार बिगाहभन्दा बढी कृषियोग्य जमिन सुक्खा फाँटको रुपमा बदलिएको छ भने यस क्रम अझै बढ्दो रहेको जिल्ला कृषि कार्यालयले जनाएको छ ।