Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


कांग्रेसद्धारा फेरि संसद अवरुद्ध, पुनःनिर्माणको काम ‘लाजमर्दो’ भएको महतको आरोप


0
Shares

काठमाडौं, असार १३ । भूकम्पप्रभावितलाई दिने भनिएको २ लाख रुपैयाँको सहयोग एकमुष्ट वितरणको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले व्यवस्थापिका–संसदको बैठक सोमबार पनि अवरुद्ध पारेको छ ।

कांग्रेसका सांसदहरुले संसद अवरुद्ध पारेपछि सभामुख ओनसरी घर्तीले दिउँसो साढे ३ बजेसम्मका लागि बैठक स्थगित गरेकी छन् ।

संसद भवन नयाँबानेश्वरमा सोमबार दिउँसो १ बजे बसेको बैठकको सुरुमै कांग्रेस सांसद डा. रामशरण महतले भूकम्पप्रभावितहरुलाई एकमुष्ट २ लाख रुपैयाँ नदिएसम्म संसद चल्न नदिने बताए ।

उनले भूकम्पप्रभावितहरुका आँसुले आफूलाई पोलेको भन्दै तत्काल एकमुष्टरुपमा दुई लाख रुपैयाँ दिनुपर्ने माग गरे ।

सांसद डा. महतले पुनःनिर्माणको काममा पार्टीगतरुपमा ठेक्कापट्टा भएको भन्दै आपत्ति जनाए ।

सांसद डा. महतले पुनःनिर्माणको काम लाजमर्दो र कछुवाको गतिमा भएको आरोप लगाए ।

प्रमुख विपक्षी कांग्रेसले भूकम्पप्रभावितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्नेलगायतका माग राख्दै गत शुक्रबारदेखि निरन्तर संसद बैठक अबरुद्ध गर्दै आएको छ ।

फाइल फोटो