Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


फक्सवागनले ल्यायो १०औं वार्षिकोत्सवको अवसरमा नयाँ १० अफर


0
Shares

काठमाडौं, वैशाख १७ । जर्मन गाडी फक्सवागनले नेपालमा आफ्नो कारोबार सुरु गरेको १० वर्ष पूरा गरेको उपलक्ष्यमा दशैओटा नयाँ अफर ल्याएको छ ।

फक्सवागनको नेपालका लागि अधिकृत विक्रेता पूजा इन्टरनेसनलले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘जनताको गाडीको दशौं वार्षिकोत्सव दशौं अफर’ सार्वजनिक गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले पार्टपुर्जाहरुको सहज उपलब्धता, प्राविधिकहरुको दक्षतामा सुधार, कम मर्मत खर्च, रिसेल भ्यालुजस्ता कारणले यी युरोपेली गाडीले बजारमा पकड जमाउँदै गएको दाबी गरे ।

कम्पनीले १० अफरअन्तर्गत् जर्मन गाडीहरुमा १० लाख रुपैयाँसम्मको नगद छुट, प्रथम १०० जना ग्राहकलाई २५ लाख ९० हजारमा पोलो कार, तुरुन्त फाइनान्सको सुविधा, फ्री एक्सेसेरिज, प्रथम वर्षका लागि फ्री रोड ट्याक्स, एक्सचेन्ज बोनस, १० वर्षको फ्री सर्भिसिङलगायतका योजना ल्याएको छ ।

Skip This