काठमाडौं, असार १४ । सहमतिका लागि भन्दै व्यवस्थापिका–संसदको बैठक मंगलबार पनि सूचना टाँसेर स्थगित गरिएको छ ।
मंगलबार अपराह्न साढे ३ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर बुधबार ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राखेका मागहरुको सम्बोधन गर्ने प्रयासका लागि भन्दै प्रमुख दलका शीर्ष नेताहरुबीच भएको बैठक पनि सहमतिमा पुग्न सकेन ।
शीर्ष नेताहरु र कार्यदलमा रहेका नेताहरुबीच छलफल भएपनि सहमति जुट्न सकेन । यद्यपि, नेताहरुले बुधबार बिहानसम्म पनि कोसिस गर्ने जनाएका छन् ।
भूकम्पपीडितका लागि २ लाख रुपैयाँ एकैचोटी दिन नसक्ने भए कसरी व्यवस्थापन गर्ने भन्ने खाका ल्याउन सरकारलाई भनिएको तर सरकारले खाका पेस गर्न नसकेको कांग्रेस नेता प्रकाशशरण महतले बताए ।
नेकपा एमालेका प्रमुख सचेत भानुभक्त ढकालले सहमतिका लागि प्रयास भइरहेको र सहमतिकोनजिक पुगेको दाबी गरे ।
सभामुख ओनसरी घर्तीले नेताहरुले सहमतिका लागि प्रयास गरिरहेकाले बैठक स्थगित गर्नुपरेको बताइन् ।
संसद बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
फाइल फोटो










प्रतिक्रिया दिनुहोस्