२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


युरोकप क्वार्टरफाइनलः को–कहिले भिड्दैछन् ?


0
Shares

काठमाडौं, असार १४ । फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

बिहीबार राति हुने पहिलो क्वार्टरफाइनलमा पोर्चुगल र पोल्यान्ड भिड्नेछन् ।

यसैगरी, शुक्रबार राति वेल्सले बेल्जियमसँग खेल्नेछ ।

यस्तै, शनिबार राति जर्मनी र इटाली भिड्नेछन् ।

आइतबार राति आयोजक फ्रान्स र आइसल्यान्ड खेल्नेछन् ।

सबै खेल नेपाली समयअनुसार राति पौने १ बजेदेखि सुरु हुनेछन् ।