Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


अरुलाई गाली गरेर बस्नुभन्दा आफैं काम गर्न जुटौं : नेतृ कोइराला


0
Shares

काठमाडौं, असार १५ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले देश बर्बाद हुन लागेकाले यसलाई बचाउन लोकतन्त्रबादीहरु एकजुट हुनुपर्ने बताएकी छिन् ।

नेपाल विद्यार्थी संघ विश्वभाषा क्याम्पस इकाइ समितिले आयोजना गरेको ‘असार १५ र दही चिउरा खाने कार्यक्रम’मा नेतृ कोइरालाले अरुलाई गाली गरेर समय वर्वाद पार्नुभन्दा देश विकासका निम्ती आफैं काम गर्न अग्रसर हुन सबैलाई आग्रह गरिन् । उनले आफ्नो संस्कार र संस्कृतीलाई जगेर्ना गर्दै कृषिमा आधुनिकीकरण अंगाल्नुपर्ने बताइन् ।

नेवि संघको आसन्न महाधिवेशन स्वतन्त्र र निष्पक्ष ढंगबाट सम्पन्न गर्न सबै विद्यार्थीहरुलाई आग्रह समेत गरिने । उनले नेवि संघलाई पार्टी नेतृत्वले हस्तक्षेप गर्नु नहुने बताइन् ।

नेवि संघको ११ औं महाधिवेशनमा सभापतिका दावेदार आनन्द त्रिपाटीको संयोजनमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद, बद्री पाण्डे, गुरुराज घिमिरे, लगायतले आफ्नो धारणा राखेको विद्यार्थी नेता अच्यूत कोइरालाले जानकारी दिए । कार्यक्रम इकाइ सभापति प्रकाश रावलको सभापतित्वमा सम्पन्न भएको हो ।