Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


दलहरुबीच भूकम्प पीडितलाई डेढ लाख रुपैयाँ दिने सहमति


0
Shares

काठमाडौं, असार १५ । सरकारले भूकम्प प्रभावितहरुलाई पहिलो किस्तामा एकमुष्ठ डेढ लाख रुपैयाँ दिने भएको छ ।

प्रमुख दलका शीर्ष नेताहरुको संसद् भवन नयाँबानेश्वरमा बसेको बैठकले भूकम्प प्रभावितलाई पहिलो किस्तामा डेढ लाख रुपैयाँ दिने सहमति गरेको हो ।

त्यसैगरी दोस्रो किस्तामा प्रभावितलाई ५० हजार रुपैयाँ दिने सहमति गरिएको छ । दलहरुबीच सहमति भएसँगै संसद बैठक सुचालु हुने भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भूकम्प प्रभावितलाई एकमूष्ठ दुई लाख रुपैयाँ दिनुपर्ने माग गर्दै लगातार संसद बैठक अबरुद्ध गर्दै आएको थियो ।

प्रमुख दलबीच भएको सहमतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आजै संसद् बैठकलाई सम्बोधन गरी जानकारी दिनेछन् ।

संसद् बैठक दिउँसो २ बजे बस्दै छ । यसअघि आजै ११ बजे बस्ने भनिएको संसद बैठक सभामुख ओनसरी घर्तीले सूचना टाँस गरेर दिउँसो २ बजेसम्मका लागि स्थगित गरेकी थिइन् ।