Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


मोर्चाद्धारा संसद बैठक बहिस्कार


0
Shares

काठमाडौं, असार १५ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसदको बुधबारको बैठक पनि बहिस्कार गरेको छ ।

तराई–मधेसवादी दलले सरकारले आफ्नो माग पूरा नगरेको भन्दै सदनको बैठक केही समयदेखि निरन्तर बहिस्कार गरिरहेका छन् ।

सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ मोर्चामा आवद्ध सांसदहरुले उठेर विरोध जनाएका थिए ।

त्यसलगत्तै सभामुख घर्तीले मोर्चाका सांसद नरसिंह चौधरीलाई बोल्न समय प्रदान गरिन् ।

सांसद चौधरीले नेपालको संविधानले समानुपातिक र सहभागिताको सुनिश्चितता नगरेको हुँदा आफूहरु जनताको मुद्दा स्थापित गराउन निरन्तररुपमा आन्दोलन गर्दै आएको धारणा राखे ।

उनले ‘सरकारले संविधान संशोधनमार्फत् आन्दोलनरत् दलका माग सम्बोधन गर्न आग्रह गर्दै आजको बैठक बहिस्कार गर्दछौं’–भने । रासस

फाइल फोटो