
बैतडी, असार १६ । चट्याङले दार्चुलाको मार्मा क्षेत्रमा अवरुद्ध भएको सिडिएमए फोन सेवा ११ दिनपछि सञ्चालनमा आएको छ ।
यही असार ५ गते राति वर्षासँगै परेको चट्याङले अवरुद्ध सिप्टीमा रहेको नेपाल टेलिकमको स्काई टावर मर्मत गरेपछि बुधबारदेखि सेवा सञ्चालन भएको स्थानीयवासी दिनेशबहादुर सिंहले बताए ।
नेपाल टेलिकम दार्चुलाका प्रमुख ललित चन्दका अनुसार अत्तरियाबाट आएको प्राविधिकको टोलीले मर्मत गरेपछि सेवा सञ्चालन भएको होे । जिल्ला बाहिरबाट प्राविधिक बोलाउनु पर्दा केही दिन ढिला भएकोसमेत उनले बताए ।
फोन सेवा सञ्चालन भएपछि त्यस क्षेत्रका नौवटा गाविस र बैतडीका केही गाविसका स्थानीयवासीलाई सजिलो भएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्