काठमाडौं, असार १६ । सभामुख ओनसरी घर्तीमगरले संविधान कार्यान्वयनका लागि सबै दललाई एकजुट हुन आग्रह गरेकी छन् ।
५८औं संसद दिवसको अवसरमा पूर्वसांसद मञ्चले विहीबार सिंहदरबारमा गरेको कार्यक्रममा उनले सबै दललाई संविधान निर्माणको समयमा झैं कार्यान्वयनका लागि पनि एक हुन आग्रह गरिन् ।
कार्यक्रममा पूर्वसांसद मञ्चका नवनियुक्त पदाधिकारीहरुलाई पदभार हस्तान्तरण गरिएको थियो ।
मञ्चको बुधबार सम्पन्न साधारणसभाले पूर्वसांसद ओमकारप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्