२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


जुलुससहित सिंहदरबार पुगेर नेत्रविक्रम माओवादीले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र


0
Shares

काठमाडौं, असार १६ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले महँगी, कालोबजारी, भ्रष्टाचार, तस्करी नियन्त्रणको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

विहीबार राजधानीको शान्तिबाटिकाबाट सुरु भएको जुलुस माइतीघरमन्डला, बबरमहल, हनुमानस्थान हुँदै सिंहदरबारमा पुगी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्रमा पक्राउ परेका माओवादी नेताहरुको तत्काल रिहाइको माग पनि गरिएको छ ।