काठमाडौं, असार १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय गिरिजाप्रसाद कोइराला इतिहासलाई प्रभावित गर्नसक्ने क्षमताको व्यक्ति भएको बताएका छन् ।
कोइरालाको ९३औं जन्मजयन्तीको अवसरमा विहीबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘देशलाई अहिलेको अवस्थामा ल्याइपुर्याउन स्वर्गीय कोइरालाको योगदान अविस्मरणीय छ’–भने ।
कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गिरिजाप्रसाद कोइरालाले भन्ने गरेको ‘ग्रान्ड डिजाइन’लाई बुझेर त्यसविरुद्घ जुध्ने प्रयास गर्नुपर्ने बताए ।
यस्तै, उपप्रधानमन्त्री एवं मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले गिरिजाप्रसादको साहस र प्रेरणाबाट आफूले राजनीति सुरु गरेको बताए ।










प्रतिक्रिया दिनुहोस्