Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


सुशासन तथा अनुगमन समितिको बैठक स्थगित


0
Shares

काठमाडौं, असार १७ । पूर्वविशिष्ट सरकारी पदाधिकारीहरुको सेवा–सुविधाबारे छलफल गर्न बोलाइएको व्यवस्थापिका–संसदको सुशासन तथा अनुगमन समितिको बैठक स्थगित भएको छ ।

समितिका सदस्यहरुको उपस्थित न्यून भएपछि शुक्रबार बैठक बस्दै नबसी स्थगित भएका हो ।

सुशासन तथा अनुगमन समितिअन्तर्गत्को उपसमितिले पदाधिकारीहरुले आवश्यकताभन्दा बढी सुविधा लिएको र त्यसलले राज्यकोषको दुरुपयोग भएको निष्कर्ष निकाल्दै समितिलाई प्रतिवेदन बुझाएको थियो ।