१० भाद्र २०८२, मंगलबार | Wed Aug 27 2025


डडेल्धुरा अस्पतालको सेवा सुविधा खस्कियो, बिरामीलाई अन्यत्र पठाइँदै (भिडियो)


0
Shares

-टेकराज अवस्थी/ईमेज

डडेल्धुरा । सुदूरपश्चिमका नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालित डडेल्धुरा अस्पतालको सेवा सुविधा बर्षेनी खस्कँदै गएको छ ।

कहिले प्रदेश सरकार त कहिले संघीय सरकारको मातहतमा राखिएको अस्पतालमा सेवासुविधा र गुणस्तर खस्किँदै जाँदा बिरामी हैरान बनेका छन् ।

पहिले टिम अस्पतालका रुपमा परिचित डडेल्धुरा अस्पताल सुदुरपश्चिमका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ २०२२ सालमा स्थापना गरिएको हो ।

सुदूरपश्चिमको सबैभन्दा ठूलो सेवा क्षेत्र रहेको अस्पतालको नाम यो बीचमा पटकपटक फेरियो तर सेवासुविधामा अनुभूति हुने गरी सुधार देखिँदैन ।

२०७० सालमा उपक्षेत्रीय अस्पतालका रुपमा घोषणा भएको अस्पताललाई अहिले डडेल्धुरा अस्पताल नामाकरण गरिएको छ ।

कहिले प्रदेश त कहिले संघीय सरकार मातहत राख्दा अन्योलमा परेको अस्पताललाई अहिले  संघिय सरकार मातहतमा राखिएको अस्पताललाई अहिले फेरि केन्द्र सरकारबाट सञ्चालन गरिने भनिएको छ ।

कर्मचारी समायोजनपछि पछिल्लो समय अस्पताल चिकित्सक र बजेटको अभावमा गुज्रिएको अस्पतालका  डा. जितेन्द्र कडेलको भनाई छ ।

संघियता लागु भएलगत्तै प्रदेश मातहत राखिएको अस्पताललाई अहिले संघीय सरकारको मातहतमा राखिएको छ । तर अहिले झन अस्पताल अस्तव्यस्त बनेको सेवाग्राहीको गुनासो छ ।

बढ्दो गर्मीसँगै अस्पतालमा मौसमी बिरामीको संख्या थपिँदै गएको छ । तर  आवश्यक कर्मचारी र प्रविधि नहुँदा बिरामीलाई अन्यत्रै पठाउनुपर्ने बाध्यता रहेको छ ।

दैनिक डेढसय भन्दा बढीको हाराहारीमा बिरामी आउने यस अस्पतालमा अत्यावश्यक औषधि र आवश्यक उपकरणको अभावै अभाव छ ।

अस्पतालको अस्तव्यस्त र लथालिङ्ग अवस्थाका कारण बिरामीहरु पनि आजित भएका छन् ।