काठमाडौं, असार १८ । पूर्व शिक्षामन्त्री एवम् संघीय समाजवादी फोरम नेपालका सल्लाहकार परिषद्का प्रमुख डा.मंगलसिद्धि मानन्धरको शनिबार अन्त्येष्टि गरिँदै छ ।
पिसाव थैलीको क्यान्सरबाट पीडित ७५ वर्षिय मानन्धरको शुक्रबार हृदयघातका कारण निधन भएको थियो । उहाँको बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिने छ ।
अन्त्येष्टिअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि खुलामञ्चमा राखिएको थियो । पार्टी नेता–कार्यकर्ता र समाजका विभिन्न क्षेत्रबाट उनीप्रति श्रद्धाञ्जली व्यक्त गरिएको हो ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक मानन्धर २०५६ सालमा एमालेबाट सांसदमा निर्वाचित भएका थिए भने पहिलो संविधान सभामा पनि एमालेबाटै समानुपातिक सभासद् बनेका थिए ।
तर, दोस्रो संविधानसभाको चुनावअघि उनी संघीय समाजवादी पार्टीमा प्रवेश गरे । राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत भएका मानन्धर २०६२÷०६३ पछि बनेको सरकारमा एमालेको तर्पmबाट शिक्षा मन्त्री बनेका थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।










प्रतिक्रिया दिनुहोस्