५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


भारतीय गायक कुमार सानुको स्वरमा नेपाली गीत (भिडियो)


0
Shares

काठमाडौं । भारतका चर्चित पार्श्व गायक कुमार सानुको स्वरमा रहेको नेपाली आधुनिक गीत ‘सयौँ जुनी सँगै जिउन’को भिडियो यूट्युब मार्फत सार्वजनिक भएको छ ।

‘फूल भए जिन्दगी’  ‘यो दुई थोपा आँशु’, ‘म त अब रिसाउँछु’ लगायत दुई दर्जनभन्दा बढी नेपाली गीतमा स्वर भरिसकेका कुमारले धेरैपछि नेपाली गीत गाएका हुन् । 

अमेरिकाको न्यूयोर्कका लागि नेपाली महावाणिज्य दूतसमेत रहेका साहित्यकार एवं सर्जक कृसु क्षेत्रीको शब्द रचना रहेको गीतमा युग भुषालको संगीत रहेको छ ।

भिडियोमा निराजन प्रधान र अस्मिता लामिछानेको अभिनय छ । भिडियोको निर्देशन दिलिप समनले गरेका हुन् ।

फराज अर्पणले गीतको भिडियो खिचेका हुन् भने सम्पादन पनि उनकै हो । जी एस क्रियशनले भिडियोमा अभिनय गर्ने कलाकारलाई पहिरन उपलब्ध गराएको हो ।

सार्वजनिक गीतमा आदित्य शंकरले गितार बजाएका छन् । गौरव मल्लिकले गीतको संगीत संयोजन गरेका हुन् ।

यस भिडियोको निर्माण रोशन पराजुलीले गरेका हुन् । इण्डो ग्लोबल फाउण्डेसन र रोयल रिलको सपोर्टमा निर्माण भएको सार्वजनिक भिडियोलाई यूट्युबमा निकै रुचाइएको छ ।

अधिकांशले कुमार सानुको गायनको प्रशंसा गरेका छन् । गीतले युट्युब रिलिजको केही घण्टामा नै लोभलाग्दो भ्यूज पाएको छ ।