२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मौरीपालनबाट वार्षिक चार लाख आम्दानी, ७८ वर्षीय कृषकको कुरा (भिडियोसहित)


0
Shares

कविराज घिमिरे (इमेज)
धनकुटा, असार १८ । धनकुटाको जितपुर गाविस मौरीपालनका लागि उदाहरणीय बनेको छ ।

६७ वर्षदेखि मौरीपालन गरिरहेका स्थानीय छविलाल सुवेदीको सफलतासँगै यहाँका अरु किसानलेसमेत मौरीपालन व्यवसाय रोजका छन्, जुन पछिल्लो समय सफल बन्दै गएको छ ।

विषादी र चरण क्षेत्र अभावका कारण धनकुटामा मौरीपालन व्यवसाय हराउँदै गएपनि धनकुटाको जितपुर गाउँ विकास समिति वडा नम्बर–७ ढोडेका ७८ वर्षीय छविलाल सुवेदीले मौरीपालन व्यवसाय गर्दै आएका छन् ।

११ वर्षको हुँदैदेखि आफ्नो घरमै मौरीपालनको अनुभव बटुल्ने मौका पाएका सुवेदीले अहिलेसम्म मौरीपालन व्यवसायलाई निरन्तरता दिँदै आएका हुन् । हाल उनीसँग २२ घार मौरी रहेका छन् ।

अन्य व्यवसायको तुलनामा खर्च र मिहेनत निक्कै कम परेपनि उत्पादन र मूल्य भने पर्याप्त हुने गरेको छ । प्रतिघार वार्षिक २० किलोसम्म मह उत्पादन हुने गरेको छ ।

कसैको सहयोगबिना नै मह उत्पादनमा लागेका सुवेदीले वार्षिक चार लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

वर्षौदेखि आफ्नो परिवारको सम्पूर्ण खर्च यसै पेसाबाट धान्दै आएको बताउने सुवेदी अहिले ग्राहकको माग धान्नै मुस्किल हुने गरेको बताउँछन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्