Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


राष्ट्रिय सरकार गठनका लागि पहल थाल्ने माओवादीको निर्णय


0
Shares

काठमाडौं, असार १८ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ ।

शनिबार काठमाडौंमा बसेको माओवादी केन्द्रको सचिवालय बैठकले मधेसवादी दलहरुलाईसमेत सहमतिमा ल्याएर संविधानको कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्नेमा जोड दिएको हो ।

बैठकले सहमतीय सरकार गठनका लागि पहल गर्ने जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।

बैठकले नेकपा एमालेसँग भएको शान्तिप्रक्रियासम्बन्धी ९ बुँदे र सरकार परिवर्तनसम्बन्धी भएको भनिएको ‘भद्र सहमति’ कार्यान्वयनका लागि कुरा गर्ने निर्णय पनि गरेको छ ।

बैठकले सहमति कार्यान्वयनका लागि एमालेले इमान्दारिता नदेखाएको आरोप पनि लगाएको छ ।

माओवादी केन्द्रले महाधिवेशनपछि पार्टीको केन्द्रीय समिति १ सय ५१ सदस्यीय, प्रदेश समिति ९९ सदस्यीय र जिल्ला समिति ७५ सदस्यीय बनाउन प्रस्ताव गरेको छ ।