सरकारबाट माओवादी बाहिरिएपछि मात्रै नयाँ सरकारबारे छलफल : सिटौला « Imagekhabar – Online News Portal of Nepal
२५ श्रावण २०७९, बुधबार | Wed Aug 10 2022


सरकारबाट माओवादी बाहिरिएपछि मात्रै नयाँ सरकारबारे छलफल : सिटौला


0
Shares

पोखरा, असार १९ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारबाट माओवादी बाहिरिएपछि मात्रै नयाँ सरकार गठनको विषयमा छलफल थाल्न सकिने बताएका छन् ।

प्रेस युनियन कास्कीले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले संविधान कार्यान्वनका लागि सहमतीय सरकार नै आवश्यक हुनेमा जोड दिए ।

उनले सरकार गठनको सन्दर्भमा दलहरुबीच सहमति नबने निर्वाचन गर्न समेत समस्या हुने बताए ।