
पाँचथर, असार १९ । द्वन्द्वकालमा विस्थापित भएको पाँचथर पञ्चमी गाविसस्थित गोपेटारमा दूग्ध विकास संस्थानको चीज उत्पादन केन्द्र १९ वर्षपछि पुनर्स्थापना गरिएको छ ।
वि.स. २०५४ सालमा विस्थापित केन्द्रमा गाईको दूध संकलन गरि कञ्चन चीज उत्पादन गर्ने उद्देश्यले संस्थानले चीज उत्पादन केन्द्र फेरि सञ्चालन गरेको केन्द्रका प्रमुख गणेश भुजेलले जानकारी दिए । चीज उत्पादन केन्द्र पुनर्स्थापना गरिएपछि पाँचथरको पञ्चमी, सुभाङ, थर्पु, अमरपुर, च्याङ्थापु र नागी गाविसका किसानले गाईको दूधको राम्रो मूल्य पाउन थालेका छन् ।
यसबाट स्थानीय कृषक खुशी देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्