२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नेप्से ४ अंकले घट्यो


0
Shares

काठमाडौं, असार १९ । साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्सेमा सामान्य कमी आयो ।

यसदिन नेप्से ४ अंकले घटेर १७१९ विन्दुमा आइपुग्यो । कारोबार सुरुवाती समयमा घटेर १७०८ मा आइपुगेको नेप्से मध्यान्हपछि सच्चिदै ४ अंकले मात्रै ऋणात्मक रहेर थामिएको हो ।

यसदिन बीमा समूह सबैभन्दा उच्च २२४ अंकले घट्यो भने विकास बैंक समूह सबैभन्दा उच्च करिब ६७ अंकले बढ्यो ।

यसदिन वाणिज्य बैंक समूहमा पनि करिब १४ अंकको कमी आयोे । यसदिन १३७ कम्पनीको २० लाख ८३ हजार बराबर कित्ता शेयर १ अर्ब ८५ करोड रुपैयाँ बराबरमा खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।