२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


कृषिप्रधान देश नेपालमा अर्जेन्टिनाबाट मकै, रुसबाट धनियाँ, कोरियाबाट लसुन आयात


0
Shares

काठमाडौं, असार २० । नपत्याउनुहोला, हाम्रो भान्सामा मगमगाउने धनियाँ रुसबाट आइरहेको छ । फूल उठाएर खाने मुरली मकै अर्जेन्टिनाबाट । लसुन कोरियाबाट । च्याउ फ्रान्सबाट । बेल्जियमबाट बटर । केन्याबाट कफी । चिलीको ट्राउट माछा ।

यी त थोरै उदाहरण मात्र हुन्, नेपालमा ठूलो मात्रामा खाद्यबस्तु आयात गरिन्छ । तीमध्ये धेरै बस्तु भारत, चीनजस्ता छिमेकी मुलुकबाट मात्र होइन, निकै परका मुलुकबाट समेत ल्याइने गरेको छ ।

बेल्जियम, कोरिया, चिलीलगायतबाट मात्र होइन, तान्जानिया, मदगास्करजस्ता मुलुकबाट समेत नेपालमा खाद्यबस्तु आयात हुन्छन् । हामीले कमै नाम सुनेका केही सूक्ष्म मुलुक (माइक्रो नेसन) बाट समेत नेपालमा खानेकुरा भित्रिन्छन् । इथोपियाको सिमी हाम्रो भान्सामा पाकेको हामी पत्तै पाउँदैनौ ।

हिन्द महासागरको सानो टापु मुलुक कोमोरोस, आयरल्याण्ड र बेलायतको बीचमा पर्ने आइस फ म्यान मात्र होइन, दक्षिण पश्चिम युरोपेली सूक्ष्म मुलुक एन्डोराबाट पनि नेपालमा खाने कुरा भित्रिएका छन् ।

भन्सार विभागले निकालेको चालू आर्थिक वर्षको ११ महिने आयात निर्यात विवरणअनुसार विश्वका कमै मुलुक छन्, जहाँबाट नेपालमा खानेकुरा भित्रिएको छैन ।

नेपालले विभिन्न मुलुकबाट मासुदेखि, दूध, दहीसम्म, तरकारीदेखि महसम्म । आलुदेखि चियासम्म र जिरा, धनियाँदेखि ल्वाङ सुकमेलसम्म आयात गरेको छ । –कान्तिपुर दैनिकबाट