२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सरकारी निकाय नै ग्यासको कालोबजारीमा संलग्न त छैन ?


0
Shares

काठमाडौं, असार २० । संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हितसम्बन्ध समितिले खाना पकाउने एलपी ग्याँसको आपूर्ति अवस्था बारे छलफल गरेको छ ।

ग्यासको आपूर्ति भईरहे पनि कालोबजारी कायमै रहेको भन्दै सांसदहरुले सरकारले त्यसको नियन्त्रणमा ध्यान नदिएको भन्दै अलोचना गरे ।

ग्यासका सिलिन्डरहरु अनुगमन नभएको, अहिले पनि ग्यास अभाव कायमै रहेको भन्दै उनीहरुले सरकारी निकाय नै कतै कालोबजारीमा संलग्न त छैन भनि प्रश्न गरे ।

बैठकमा उपस्थित आपूर्ति मन्त्री गणेशमान पुनले भने सरकारले अनुगमनलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

यसअघि समितिका तर्फबाट गएको निर्देशन अझै कार्यान्वयन नभएको भन्दै समितिले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।