
धादिङ, वैशाख १६ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका तीनजनालाई जिल्ला प्रहरी कार्यालय धादिङले साढे १२ वर्षपछि पक्राउ गरेको छ ।
घटनामा संलग्न ८ जनामध्ये फरार रहेका ४० वर्षीय सार्की विक, ५९ वर्षीय बमबहादुर विक र ३४ वर्षीय हेमडल्ला विकलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो ।
२०६३ साल कात्तिक ७ गते धादिङको रुबिभ्याली गाउँपालिका–२ का २७ वर्षीय देवबहादुर विकलाई देउसी खेल्न नगएको बहानामा उनीहरुले निर्घात कुटपिट गरेका थिए ।
घाइते विकको उपचारकाक्रममा मृत्यु भएपछि उनीहरुले उनको शव जलाएका थिए ।
बमबहादुर र डल्लालाई २० वर्षको कैद तोकिएको छ भने सार्की विकलाई दुई वर्ष कैद तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्