Logo ३० भाद्र २०८२, सोमबार | Tue Sep 16 2025


नेपाल र बंगलादेशबीच दुईओटा मैत्रीपूर्ण फुटबल खेल हुँदै


0
Shares

काठमाडौं, असार २१ । नेपाली राष्ट्रिय फुटबल टिमले बंगलादेशसँग दुईओटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी असार ३१ र साउन २ गते नेपालले बंगलादेशसँग दुईओटा फिफा ‘ए’स्तरीय मैत्रीपूर्ण फुटबल खेल्न लागेको मंगलबार जनाएको हो । दुबै खेल बंगलादेशमा हुनेछन् ।

नेपालले यो वर्ष तेस्रोपटक मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

यसअघि, नेपालले मलेसियाको यु–२२ टिम र लाओसको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेलेको थियो । दुबै खेल १–१ को बराबरीमा सकिएका थिए ।

अर्को वर्षसम्म नेपालले खेल्ने कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता नभएपछि एन्फाले मैत्रीपूर्ण फुटबलमा जोड दिएको हो ।

नेपाली टिम विगत एक महिनादेखि अभ्यासरत् रहेको छ ।