Logo ३० भाद्र २०८२, सोमबार | Tue Sep 16 2025


सुशन भारी र नरेश बुढाऐर व्यवसायिक क्रिकेट खेल्न इंग्ल्यान्ड र क्यानडा जाँदै


0
Shares

काठमाडौं, असार २१ । नेपालका दुई क्रिकेट खेलाडीहरु सुशन भारी र नरेशबहादुर बुढाऐर व्यवसायिक खेल खेल्न विदेश जाने भएका छन् ।

लेफ्ट आर्म स्पिन बलर सुशन इंग्ल्यान्डको कर्नवालमा रहेको फलमाउथ क्रिकेट क्लबबाट खेल्न जाँदैछन् ।

नेपाल क्रिकेट खेलाडी संघको सहयोगमा जाँदै गरेका सुशनले सो क्लबसँग खेल्दा बस्ने, खाने र फर्कने हवाई टिकट उपलब्ध हुने संघले जनाएको छ ।

उनी असोज दोस्रो सातासम्म इंग्ल्यान्डमा बस्ने पनि संघले जनाएको छ ।

त्यस्तै, नरेश क्यानडाको टोरन्टोमा रहेको ब्लुमफिल्ड क्रिकेट एकेडेमीमा रहेर कात्तिक दोस्रो सातासम्म खेल्नेछन् ।

उनलाई त्यहाँ खान बस्न र फर्कने टिकटको व्यवस्था भएको खेलाडी संघले जनाएको छ ।

दुबै खेलाडी बुधबार त्यसतर्फ जाँदैछन् ।