१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


नेपालका पाँच नाकामा भारतले रेलसेवा सन्चालन गर्छ : राजदूत राय


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, असार २१ । नेपालका लागि भारतीय राजदूत रणजित रायले नेपालका पाँचओटा नाकामा भारतले रेलसेवा सन्चालनका लागि कार्ययोजना अगाडि बढाएको बताएका छन् ।

नेपाल–भारत मैत्री संघले मंगलबार पोखरामा आयोजना गरेको ‘नेपाल–भारत पर्यटन विकास’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले नेपालका विभिन्न पाँचओटा नाकामा मालबाहकलाई पहिलो प्राथमिकता दिँदै रेल सन्चालन गर्ने बताए ।

राजदूत रायले नेपाल–भारतबीच भएको यातायात सम्झौता कार्यान्यन नहुँदा नेपाल आउन चाहने भारतीय पर्यटकहरुले अप्ठेरो भोग्नुपरेको बताए ।

उनले पोखरामा क्रिकेट मैदान बनाउनसके भारतीय पर्यटकका लागि अर्को आकर्षण हुनेसमेत जिकिर गरे ।

राजदूत रायले भारतीय चलचित्रलाई नेपालमा सुटिङ गर्न ‘प्याकेज’को व्यवस्था गर्नसके भारतीय पर्यटक बढ्ने पनि बताए ।

कार्यक्रमा नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले सवारीसम्बन्धी सहमति कार्यान्यन गर्नुपर्ने तथा हवाई उडानका लागि नयाँ एअर रुट प्रदान गर्न माग गरेका थिए ।