१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


नेपालमा आइएसभन्दा आइएमको खतरा बढी


0
Shares

काठमाडौं, असार २२ । नेपालको सुरक्षा संयन्त्रलाई आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) भन्दा भारतीय आतंकवादी संगठन इन्डियन मुजाहिद्दीन (आइएम) को गतिविधिप्रति बढी चिन्ता रहेको पाइएको छ ।

उच्च सुरक्षा अधिकारीहरुबीचको छलफलमा सहभागीहरुले आइएसभन्दा आइएमका गतिविधिप्रति बढी चासो र चिन्ता व्यक्त गरी सुरक्षा खतरा औंल्याएका हुन् ।

गृहमन्त्रालयमा आइतबार भएको सुरक्षा सम्बन्धी बैठक र प्रहरीले देशभर ‘हाई अलर्ट’मा रहन दिएको दुबै निर्देशनमा आइएसकै नाम नभए पनि आइएमको नाममा वितण्डा हुन सक्नेतर्फ सुरक्षा संयन्त्र हाई अलर्टमा रहनु पर्ने निष्कर्ष निकालिएको छ । –राजधानी दैनिकबाट