१० भाद्र २०८२, मंगलबार | Wed Aug 27 2025


हुम्लामा अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १० पुग्यो, दुईसय बढी विरामी


0
Shares

हुम्ला । हुम्लाको दक्षिण क्षेत्र ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ । अझै २ सय भन्दा बढी विरामी परेका छन् ।

ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण आज थप १ जनाको मृत्यु भएको छ । यो सहित ताँजाकोटमा मर्नेको संख्या १० पुगेको हो ।

सोमबार मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका वडा नम्बर ५ भदौरा गाउँका का ६२ बर्से पबित्रा बोहोरा रहेका छन् । चैत्र अन्तिम सातादेखि गाउँमा रोग फैलिएको थियो ।

आइतबार मात्रै प्रभावित क्षेत्रमा प्रदेश सरकारले हेलिकोप्टरबाट औषधिसहित चार जना चिकित्सकको टोली पठाएको छ ।

नेपाली सेनाको हेलिकोप्टरबाट औषधि र चिकित्सक पठाइएको कर्णाली प्रदेश सरकारले जनाएको छ ।

सामाजिक विकासमन्त्री दल रावलले संघीय सरकारको समन्वयमा प्रभावित क्षेत्रमा चिकित्सकको टोली औषधिसहित पठाइएको जानकारी दिए ।