काठमाडौं, असार २२ । नेकपा माओवादी केन्द्रले मानव तस्करीमा आफ्ना नेताहरुको संलग्नता भए/नभएको विषयमा छानबिन गर्न बुधबार समिति गठन गरेको छ ।
अमिक शेरचनको संयोजकत्वमा गठित समितिले मानव तस्करीमा आफ्ना नेताहरुको संलग्नताबारे छानबिन गरेर प्रतिवेदन बुझाउने छ ।
बुधबारको बैठकमा संगठनको विषयमा छलफल भएको र विहीबार फेरि बस्ने बैठकमा राष्ट्रिय सरकार गठनलगायतका विषयमा निर्णय हुने पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
यसअघि, स्थायी कमिटी बैठकबाट राष्ट्रिय सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको माओवादी केन्द्रको जारी पोलिटब्युरो बैठकलाई महत्वकासाथ हेरिएको छ ।










प्रतिक्रिया दिनुहोस्