२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दुई राप्रपा एकीकरणको घोषणा गर्ने समझदारी


0
Shares

काठमाडौं, असार २२ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच चाँडै पार्टी एकीकरणको घोषणा गर्ने समझदारी भएको छ ।

बुधबार राजधानीमा भएको एक बैठकमा राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्द र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच राष्ट्रियता र हिन्दूत्वलाई स्वीकार्दै त्यसैलाई नै मिलनबिन्दूको आधार बनाएर अघि बढ्न सहमति भएको हो ।

पार्टीका वैचारिक र नीतिगत् विषयलाई आगामी महाधिवेशनबाट टुंग्याउन दुबैपक्ष सकारात्मक भएपछि एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको प्रतिक्रिया राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले दिए ।

मुलुकको अन्योलपूर्ण वर्तमान अवस्थामा सशक्त राष्ट्रवादी शक्तिको खाँचो महसुस गरी एकता प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ । रासस

फाइल फोटो