Logo ६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026


महिलाको हत्या, श्रीमानसहित तीनजना पक्राउ


0
Shares

तौलिहवा, वैशाख १६ । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारूको हत्या भएको छ । 

सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको बाणगङ्गा खोला किनारमा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतक सुनिताका श्रीमान् २१ वर्षीय सुरेश थारूसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताए ।

पक्राउ परेका तीनजना उपर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)