२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


पोर्चुगल १२ बर्षपछि युरोकप फुटबलको फाइनलमा


0
Shares

काठमाडौं, असार २३ । वेल्सलाई पराजित गर्दै पोर्चुगल युरोकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

फ्रान्सको लियोंमा गएराति भएको सेमिफाइनलमा क्रिश्चियानो रोनाल्डोको प्रदर्शन प्रेरित पोर्चुगलले वेल्सलाई २–० ले हरायो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमै पोर्चुगलका रोनाल्डो र नानीले एक एक गोल गर्दै जित सुनिश्चित गरे ।

यो जितसँगै पोर्चुगल १२ वर्षपछि युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । यसअघि सन् २००४ मा आफ्नै देशमा भएको युरोकपको फाइनलमा पुगेको पोर्चुगल त्यतिबेला सरप्राईज टोली ग्रिससँग पराजित भएको थियो ।

उता बुधबार रातिको हारसँगै वेल्सको भने युरोकप यात्रामा पूर्णविराम लागेको छ । इतिहासमै पहिलो पटक सेमिफाइनलसम्म पुगेको वेल्सले राति भने सोचे अनुरुपको प्रदर्शन गर्न सकेन ।

game1

युरोकप फुटबलको दोस्रो सेमिफाइनलमा आज राति दुई बलिया प्रतिस्पर्धी जर्मनी र फ्रान्स भिड्दैछन् ।

विश्वकप विजेता जर्मनीले क्वाटरफाइनलमा ईटालीलाई टाईब्रेकरमा हराएको थियो भने आयोजक फ्रान्सले आईसल्याण्डलाई ५–२ ले पाखा लगाएको थियो ।