Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


माओवादी सांसदलाई वदनाम गर्ने षड्यन्त्र : सांसद मण्डल


0
Shares

काठमाडौं , असार २३ । माओवादी केन्द्रका सांसद लालेन्द्रकुमार मण्डलले केन्द्रका  ८ सांसदलाई वद्नाम गर्ने षड्यन्त्र सहित समाचार सार्वजनिक भएको दावी गरेका छन् । उनले भने – “केन्द्रका सांसदहरु  किर्ते कागजात सहित  मानव तस्करी गर्दै स्पेन त गएका छैनन् नि ! जानेक्रममा कागजात मिलाउन खोज्दा उनीहरु माथि षड्यन्त्र गरेर फसाउन खोजिएको छ ।”
मण्डलले सांसद विदेश जानु सामान्य कुरा भएको बताउँदै ,माओवादी सांसद स्पेन जाने तयारी गर्दा उनीहरुलाई जानबाट रोक्न यस्तो प्रचार गरिएको बताएका छन् ।’सांसदहरुलाई विदेश जानका लागि सहयोग गर्न थुप्रै संघसंगठ आउने गर्छन र उनीहरुले आफ्ना मान्छेहरु पनि लैजान आग्रह गर्छन ।  यो  सांसदको कुनै गल्ती नभएको उनको जिकिर छ ।’
मोहत्तरीका सांसद मण्डलले विहिवार ईमेज एफएमसंग कुरा गर्दै भने – “घटनाको पुष्टी नहुदै मानव तस्करीको नाममा समाचार आउनु  माओवादीलाई बद्नाम गर्ने षड्यन्त्र  मात्रै हो ।”

सभासद मण्डल  कर्तव्य ज्यान मुद्दामा वारेण्ट जारी गरेका सांसद हुन । २०६९ साल भदौ १६मा सिंचाई सम्बन्धी झगडामा महोत्तरीका रामविलास मण्डलको हत्या भएको थियो। उनकी श्रीमति चुनरिया मण्डलले कुटपिट गरी आफ्ना पतिलाई मारेको भन्दै लालेन्द्र मण्डल विरुद्ध किटानी जाहेरी दिएकी थिइन्।