डोल्पाको जुफाल विमानस्थल बन्द « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


डोल्पाको जुफाल विमानस्थल बन्द


0
Shares

                                                                फाइल फोटो

डोल्पा, असार २३ । डोल्पामा यातायातको एकमात्र साधनकोरुपमा रहेको जुफाल विमानस्थल बन्द भएको छ ।

नेपालन्जबाट डोल्पा हवाई मार्गअन्तर्गत् बीचमार्गमा वर्षात् र कुहिरोले मार्ग अवरुद्ध भएपछि गत सोमबारदेखि हवाई सेवा ठप्प भएको नागरिक उड्डयन प्राधिकरण जुफालले जनाएको छ । साथै, कुहिरोले विमानस्थलसमेत छोपेको प्राधिकरणले जनाएको छ ।

विमानस्थल अवरुद्ध भएपछि पर्यटक, सर्वसाधारण, विद्यार्थी तथा बिरामीको चाप बढेको छ भने आफ्नो गन्तव्यसम्म पुग्न नपाएको गुनासो उनीहरुले गरेका छन् ।

चार दिनदेखि विमानस्थल बन्द भएपछि सर्वसाधारण गन्तव्यसम्म पुग्नको लागि जोखिम मोल्दै पैदलमार्ग गर्न बाध्य भएका छन् । रासस