२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


गर्भमेन्स फेसेलिटी र राष्ट्रिय सूचना आयोगबीच सम्झौता


0
Shares

काठमाडौं, असार २३ । सूचनाको हकलाई अझ प्रभावकारी बनाउन भन्दै गर्भमेन्स फेसेलिटी र राष्ट्रिय सूचना आयोगबीच विहीबार सम्झौता भएको छ ।

सूचनाको हकलाई वित्तीय र प्राविधिक सहयोगसम्बन्धी सम्झौता भएको हो ।

तीन वर्षका लागि भएको सूचना सहयोग सम्झौतामा आठ करोड रुपैयाँ सहयोग गर्ने उल्लेख गरिएको छ ।

यो योजनाले सूचनाको हकलाई जनस्तरमा पुर्‍याउन, सूचना माग्न जनतालाई जागृत गराउन, सूचना अभियान्तालाई तालिम दिन, जनचेतानाका विभिन्न कार्यक्रम सन्चालनमा केन्द्रित हुने सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले जानकारी दिए ।

आयुक्त किरण पोखरेलले लोकतन्त्रलाई संस्थागत् विकास गराउन सूचना महत्वपूर्ण हुने भन्दै यो योजना लोकतान्त्रकलाई सुदृड गर्दै पारदर्शीतामार्फत् देशलाई सम्बृद्ध बनाउने अभियानमा केन्द्रित हुने बताए ।